७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


युक्रेनको राजधानी कीभमा चरम उर्जा संकट


897
Shares

काठमाडौं । रुसी आक्रमणले युक्रेनले राजधानी कीभमा चरम उर्जा संकट भएपछि शहर छोड्नुपर्ने अवस्थाको लागि तयार रहन किभका मेयर भिटाली क्लिट्स्कोले अपिल गरेका छन् ।

मेयर भिटालीले रुसी आक्रमणका कारण लाखौं युक्रेनी जनता बिजुली र खानेपानीबाट वञ्चित भएका कारण आगामी दिनमा थप समस्या हुन सक्ने भन्दै शहर छोड्ने मनस्थितिमा रहन अपील गरेका हुन् । युक्रेनी टेलिभिजन मार्फत सम्बोधन गर्दै मेयर भिटालीले युक्रेनको उर्जा प्रणालीको लगभग ४० प्रतिशत बिजुली प्लान्टहरु ध्वस्त भइसकेका कारण युक्रेनका अन्य शहरहरुमा पनि पूर्ण रुपमा बिजुली आपूर्ति ठप्प हुने संकेत देखिएकाे बताएका छन् ।

उनले युक्रेनको पूर्वाधारहरुमा गरिएको रुसी आक्रमणलाई आतंकवाद र नरसंहारको संज्ञा दिंदै रुसको डटेर सामना गर्ने चेतावनी समेत दिएका छन् । मेयर भिटालीकाे अपीलसँगै कीभका ३० लाख सर्वसाधारणले उपनगरहरुमा बसोबास गर्दै आएका आफ्ना आफन्तहरुको बस्ने प्रबन्ध मिलाउन थालेका छन् । उपनगरहरुमा भने हालसम्म बिजुली र खानेपानीको अभाव भएको छैन ।