२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


गठबन्धनका कारण चुनाव जित्ने ओनसरीकाे दावी


1.547k
Shares

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) की नेतृ पूर्वसभामुख ओनसरी घर्तीले सत्तारुढ गठबन्धनका कारण आसन्न चुनावमा जित सुनिश्चित भएको बताउनुभएको छ ।

आज सोमबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलो अभियानका क्रममा उहाँले गठबन्धनका कारण जित सुनिश्चित भएको र प्रक्रिया पूरा गर्नका लागि मात्रै मंसिर ४ गते कुर्नुपरेको बताउनुभएको हो । उहाँको टिमले साेमबार काठमाडौं क्षेत्र नम्बर २ को कोटेश्वर क्षेत्रमा मतदाताहरुसँग भेटघाट गर्नुभएको थियो । उहाँले आफू नागरिक माझ काम गर्नसक्ने प्रतिवद्धता मात्रै लिएर उपस्थित भएको बताउनुभयो ।

काठमाडौं चुनावी क्षेत्र नम्बर २ की प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहनुभएकी घर्तीले वाम गठबन्धन बोलेको गर्ने र सक्ने मात्रै बोल्ने बताउनुभयो । उहाँले अहिले आसन्न चुनावका लागि घरदैलो कार्यक्रममा सहभागी भइरहेको र घरदैलो कार्यक्रममा आम नागरिकले उत्साहपूर्वक आफूप्रति रुचि देखाएको बताउनुभयो । उहाँले कार्यकर्ता र आम नागरिकले अग्रिम शुभकामदा दिइसकेको भन्दै पार्टीको चुनावी एजेण्डामा आम नागरिकहरुबाट राम्रा प्रतिक्रिया आइरहेको पनि बताउनुभयो ।

पछिल्लो समय चुनावको मिति नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका उम्मेदवारहरु चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानमा सक्रिय छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य चुनावमा आफ्नो पार्टीलाई जित दिलाउन राजनीतिक दलका शीर्ष नेताहरु पार्टीका चुनावी एजेण्डा लिएर देश दौडाहामा रहेका छन् ।