
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सभ्य भाषामा नो नट अगेन भन्न पाइने बताउनु भएकाे छ ।
सोमबार आयोगले कलाकारहरुसँग गरेको अन्तर्क्रिया कार्यक्रममा उहाँले यस्ताे बताउनु भएकाे हाे ।
उहाँले भन्नुभयाे,’कसैलाई पनि लाञ्छना नलगाई नो नट अगेन सभ्य भाषामा भन्न पाइन्छ।’
यसअघि आयोगले फेसबुकमा सञ्चालित नो नट अगेन पेज र ग्रुप बन्द गर्न निर्देशन दिएपछि अभिव्यक्ति स्वतन्त्रता हनन गरेको भन्दै सार्वजनिक रुपमा विरोध भएको थियो ।
उक्त विवादमा आइतबार सर्वोच्च अदालतले नो नट अभियानमाथि कारबाही नगर्न अन्तरिम आदेश पनि दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्