१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘देशको संस्कृति र सभ्यताको संरक्षण गर्न जरुरी छ’


143
Shares

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले देशको संस्कृति र सभ्यताको संरक्षण गर्न जरुरी रहेको बताउनुभएको छ ।

मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि प्रकृति, संस्कृति र शाहसिक खेलहरुको विकास गर्न जरुरी रहेको पनि बताउनु भयो ।

उहाँले नेचर, कल्चर र एड्भान्चरलाई केन्द्रित गरेर नेपालले पर्यटन क्षेत्रको विकास गर्न आवश्यक भएको बताउनु भयो । उहाँले मन्त्रालयले प्रकृति, संस्कृति र शाहसिक खेलहरुलाई मध्यनजर गरेर पर्यटन विकासका लागि काम अघि बढाइरहेको बताउनु भयो । उहाँले देशको पर्यटन विकासका लागि सिनेमा, गीतको भिडियोहरुमा नेपालमा नै रहेका मौलिकता झल्काउने ठाउँको प्रयोग गर्न आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा महानायक राजेश हमालले रानी माया गीत हरेक दर्शकहरुका लागि मनोरञ्जन दिने सन्देशमुलक गीत रहेको बताउनु भयो ।