८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


गिनीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा २२ जनाको मृत्यु


429
Shares

काठमाडाैं । पश्चिमी गिनीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ ।

गिनीको किन्डिया क्षेत्रमा मिनीबस र ट्रक आसमा ठोक्किँदा कम्तीमा २२ जनाको ज्यान गएको हो ।

घटनामा अरु ८ जना घाइते भएका छन् ।

घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

यसैबीच गिनी सरकारले शोक सन्तप्त परिवार प्रति समबेदना प्रकट गर्दै मृतकका परिवारलाई क्षतिपुर्ती उपलब्ध गराएको छ ।