३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


फिल्म ‘फ्रेडी’ को टिजर सार्वजनिक


325
Shares

एजेन्सी । भारतीय अभिनेत कार्तिक आर्यन अभिनित फिल्म ‘फ्रेडी’ को टिजर सार्वजनिक भएको छ ।

१ मिनेटको यस टिजर भिडियोमा कार्तिकको अवतार एकदमै फरक देखिएको छ । यसमा कार्तिक आर्यन डेन्टिस्ट बनेका छन् तर उनी पनि सिरियल किलर जस्तै देखिन्छन् ।

टिजरको सुरुमा स्क्रिनमा लेखिएको छ, यो एक लजालु, एक्लो, नर्भस, इमानदार, सत्य बोल्ने, निर्दोष दन्त चिकित्सकको कथा हो । त्यसपछि कार्तिक आर्यनले बिरामीको दाँत हेर्छन् र उनको उपचार गर्छन् ।

फिल्मलाई शशांक घोषले निर्देशन गरेका हुन् र फिल्म डिसेम्बर २ मा ओटीटी प्लेटफर्म डिज्नी प्लस हटस्टारमा प्रदर्शन हुनेछ । फिल्मलाई बालाजी टेलिफिल्म्स र नर्दन लाइट्स फिल्म्सले संयुक्त रूपमा निर्माण गरेका हुन् ।