
काठमाडौं । युएफा च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ सिक्सटिनको खेल तालिका सार्वजनिक गरिएको छ ।
यूईएफएले सोमबार नकआउट चरणको ‘ड्र’ सार्वजनिक गरेको हो । स्विट्जरल्याण्डको न्योन शहरमा निकालेको ‘ड्र’ अनुसार साविक विजेता रियल मड्रिडले लिभरपुलको सामना गर्नेछ । अघिल्लो सिजनको फाइनलमा यी दुई टोली भिड्दा रियल मड्रिड १–० ले विजयी भएको थियो ।
यसपटक राउण्ड अफ सिक्सटिनमा अर्को दावेदार टोली जर्मनीको बायर्न म्युनिखले फ्रान्सको पेरिस सेन्ट जर्मेन (पि.एस.जी)लाई प्रतिद्धन्दी पाएको छ । इंग्ल्याण्डको म्यान्चेस्टर सिटीले जर्मनीको आर.बी लेप्जीगसँग खेल्दा चेल्सी र बोरुसिया डर्टमण्ड तथा टोटनह्याम हट्सपर र एसी मिलान भिड्नेछन् ।
राउण्ड अफ सिक्सटिनका अन्य खेलहरुमा इन्टर मिलान र पोर्टो, प्र्mयाङ्कफर्ट र नापोली तथा बेन्फीका र क्लब ब्रुज भिड्नेछन् ।
च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ सिक्सटिनका पहिलो लेगका खेलहरु फेब्रुअरी १४ र १५ मा हुनेछ भने दोस्रो लेगका खेलहरु फेब्रुअरी २१ र २२ तारिखमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्