
काठमाडौं । रुसी सेनाले युक्रेनको खर्सोन शहरमा घरहरू खाली गराएर लुटपाट मच्चाएको आरोप युक्रेनले लगाएको छ ।
शहरका खाली घरहरूमा बिना बर्दीका रुसी सेना प्रवेश गरेर लुटपाट मच्चाएको युक्रेनको दाबी छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले त्यहाँका बासिन्दालाई रातको समयमा रुसी सेनाले घरबाट निकालेर लुटपाट मच्चाएको आरोप लगाउँदै रुसको ज्यादतीको निन्दा गरेका छन् ।
झण्डै ३ लाख जनसंख्या रहेको सो शहरमा बिगत ४८ घण्टादेखि विद्युत र पानी कटौती भएपछि सर्वसाधारण अँध्यारोमा बस्न बाध्य भएकै बेला रुसी सेनाले लुटपाट मच्चाएको युक्रेनको आरोप छ ।
युक्रेनलाई बिभाजन गर्ने नीपर नदीको पश्चिमी किनारमा रुस नियन्त्रित एकमात्र प्रान्तीय राजधानी खर्सोन नियन्त्रणका लागि रुसले पछिल्लो समय स्थलगत र हवाई आक्रमण तीब्र पारेको छ ।
प्रतिक्रिया दिनुहोस्