
काठमाडौं । यो वर्षको गर्मी याममा युरोपका विभिन्न राष्ट्रका १५ हजारको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।
विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले सार्वजनिक गरको तथ्यांक अनुसार सन् २०२२ मा मात्र गर्मीका कारण युरोपका विभिन्न राष्ट्रमा १५ हजार मानिसको मृत्यु भएको हो ।
गर्मीका कारण जर्मनीमा ४ हजा ५ सय, स्पेनमा ४ हजार, बेलायतमा ३ हजार २ सय, पोर्चुगलमा १ हजारको मृत्यु भएको तथ्यांकले देखाएको छ । डब्ल्युएचओका युरोप क्षेत्रिय निर्देशक डा. हंस हेनरी क्लुजका अनुसार सन् २०२२ को जुन १ देखि २२ अगष्टसम्म संकलन गरेको विवरणमा ११ हजारको मृत्यु भएको र जुनको मध्य समयमा थप ४ हजारको मृत्यु भएको उल्लेख छ ।
युरोपमा तापमान सन् १९६१ देखि सन् २०२१ को बीचमा शुन्य दशमलव ५ डिग्री सेल्सियसको दरले बढेको छ । पछिल्लो ५० वर्षको अवधिमा मात्रै युरोपेली राष्ट्रहरूमा उच्च तापमानका कारण १ लाख ४८ हजार बढीको मृत्यु भएको पनि तथ्यांकले देखाएको छ । साथै जलवायु परिवर्तनको असर ५ लाख भन्दा बढी मानिसमा परेको पनि तथ्यांकमा उल्लेख गरिएको छ ।
यो तथ्यांक इजिप्टमा जारी कोप-२७ सम्मेलनका क्रममा सार्वजनिक भएको हो ।
प्रतिक्रिया दिनुहोस्