१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नरेश थापा सहायक प्रशिक्षक नियुक्त


624
Shares

काठमाडौं । कात्तिक ३० गते हुने पाकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि नरेश थापालाई राष्ट्रिय टिमको सहायक प्रशिक्षक नियुक्त गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज मंगलबार मैत्रीपूर्णका लागि थापालाई सहायक प्रशिक्षकको जिम्मेवारी दिईएको जनाएको छ ।

एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङले मंगलबारै थापालाई नियुक्ती पत्र हस्तान्तरण गरे ।

यसअघि एन्फाले प्रवेश कटुवाललाई मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ ।