
काठमाडौं । नेपाल डेरी साइन्स एशोशिएसनको ११ औं वार्षिक साधारण सम्पन्न भएको छ ।
साधारण सभामा नेपालको डेरी क्षेत्रका विविध समस्याबारे छलफल भएको थियो । उक्त साधारण सभामा दुग्ध विकास संस्थानका पूर्व महाप्रवन्धक समेत रहनु भएका एशोशिएसनका अध्यक्ष टेक बहादुर थापाले नेपालको डेरी क्षेत्रका समस्यावारे विश्लेषणात्मक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

अध्यक्ष थापाको कार्यपत्रमा नेपालको डेरी क्षेत्रका मूल ३ वटा समस्याहरु, डेरी क्षेत्रमा संस्थागत पूर्वाधारको अपुग र समस्या, उचित तालिम प्राप्त जनशक्तिको उपयोग र सदुपयोग हुन नसक्नुका साथै गुणस्तर मापदण्ड पुनरावलोकन लगायत विषय उठाइएको छ । साथै त्यसलाई कडाइका साथ लागू गर्नु पर्ने वारेमा जोड दिइएको छ । साधारण सभामा डेरीसँग सम्बन्धित सरकारी तथा नीजि क्षेत्रका विभिन्न संघ संस्था,उद्योगी व्यवसायी र विशेषज्ञ लगायतको सहभागिता रहेको थियो ।

सो साधारण सभामा एशोशिएसनलाई सक्रिय रुपमा अगााडि बढाउन योगदान दिने विभिन्न संघ संस्था र व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्