
डोटी । डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ ।
गएराति २ बजेर १२ मिनेटमा गएको ६ दशमलव ६ म्याग्नीच्युडको भूकम्पले पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिनुभयाे ।
उहाँका अनुसार पदम बोहराको घर भत्किँदा उनकी श्रीमती भगवतीदेवि बोहरा, उनको छोरा ७ वर्षीय हर्क बोहरा, उनकै छोरी १४ वर्षीय सिता बोहराको मृत्यु भएको छ।
यस्तै सोही ठाउँका प्रेम बोहरा, तुलसी बोहरार धनसरी बोहराको मृत्यु भएको उहाँले जानकारी दिनुभयाे । पूर्वीचौकी गाउँपालिका ३ अधिकांस घर चर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस्