
Web Pic
काठमाडौं । प्यूठान नगरपालिका–५ पूर्णागाउँमा मंगलबार राति जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । यस्तै, दुर्घटनामा १२ जना घाइते भएका छन् ।
पूर्णिमा मेला हेर्न गएका प्यूठान नगरपालिका–५ पातलकटेरीका यात्रु बोकेको लु १ ज ३७०७ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
वडासदस्य चूडामणि थापाका अनुसार दुर्घटनामा पतलकटेरीकी ५२ वर्षीया मैयाँ घर्ती, ४५ वर्षीय खुमान थापा र ४३ वर्षीया जुनकी थापाको घटनास्थलमै मृत्यु भएको हो ।
घाइतेहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । जीपमा १७ जना सवार रहेको प्रहरीले जनाएको छ ।
जीप दुर्घटनाको कारण खुलेको छैन । जीपका चालक फरार रहेकाले उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्