
काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार १४ सयले बढेर ९५ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९४ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य बुधबार ३० रूपैयाँले बढेर १ हजार २९५ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्