१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमालेले सिन्धुलीमा भ्रम फैलाएको गठबन्धनका नेताको दाबी


3.107k
Shares

सिन्धुली । नेकपा एमालेले बाम लोकतान्त्रिक गठबन्धन बिरुद्ध जिल्लाका मतदाताहरुमा विभिन्न भ्रम फैलाएको भन्दै गठबन्धका नेताहरुले भ्रममा नपर्न अपिल गरेका छन् ।

नेपाली कांग्रेस र नेकपा माओवादीका जिल्ला नेताहरुले एक अपिल जारी गर्दै गठबन्धनबाट अत्तालिएको एमालेले गठबन्धनको स्वस्थपूर्ण सम्बन्धलाई अनेक अफवाह र भ्रम फैलाएर कार्यकर्ता,मतदाता शुवेच्छुकहरुमा आशंका र विभाजन पैदा गर्न खोजेको भन्दै त्यसमा गठबन्धनको ध्यानाकर्षण भएको जनाएका छन् ।

आजसम्मका राजनीतिक उपलब्धी र परिवर्तनका एजेण्डालाई एमालेले उल्ट्याउने दुष्प्रयास गरेको र त्यसका विरुद्ध अग्रगगमनकारी शक्तिहरु गठबन्धन गरेर जनताको पक्षमा उभिएको अपिलमा उल्लेख छ ।