१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘आचारसंहिता र आयोगका निर्देशन अवज्ञा गरिए सह्य हुँदैन’


156
Shares

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताको अवज्ञा गर्ने दुस्साहस भएमा सह्य नहुने चेतावनी दिनुभएकाे छ ।

निर्वाचन आयोगले संघसंस्था र युवा प्रतिनिधिसँग बुधवार आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले यस्तो चेतावनी दिनुभएकाे हाे ।

थपलियाले राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षले निर्वाचनलाई स्वच्छ र भयरहितरूपमा सम्पन्न गराउन सघाउनुपर्ने भएकाले आचारसंहिताको उल्लंघन र निर्देशनको अवज्ञा भएमा उल्लंघनकर्तालाई महंगो पर्नसक्ने चेतावनी दिनुभयाे ।