१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रभु साहलाई समर्थन नगरेपछि माओवादीले लियाे आफ्नै उम्मेदवारमाथि कडा एक्सन


1.69k
Shares

काठमाडाैं । प्रभु साहलाई समर्थन नगरेपछि नेकपा माओवादी केन्द्रले आफ्नै उम्मेदवारमाथि कडा एक्सन लिएकाे छ ।

माओवादी केन्द्रले रौतहटको क्षेत्र नं. ३ का आफ्नै उम्मेदवारलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्दै एक्सन लिएकाे हाे ।

गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा नेकपा माओवादीका उम्मेदवार बनेका रविन्द्र पटेल धिरजले उम्मेदवारी फिर्ता नलिएपछि माओवादीले उहाँलाई कारबाही गरेको हो ।

प्रभु साहलाई सघाउने निर्णय निर्णय गरे पनि उम्मेदवार रहेका धिरज पटेलले आफ्नो उम्मेदवारी कायम राखेपछि उहाँलाई कारवाही गरिएकाे मधेश प्रदेश इञ्चार्ज गणेश साहले बताउनुभयाे ।

साहलाई कुनै पनि हालतमा समर्थन नगर्ने भन्दै पटेलले चुनावी प्रचार प्रसारको अभियानलाई जारी राखेका छन ।
पार्टी निर्णय नमानेको भन्दै माओवादी केन्द्रले आज पटेलको सदस्यता खारेज गरेको हो ।

उम्मेदवार पटेललाई सघाएको भन्दै माओवादी केन्द्रले पार्टी प्रदेश कमिटी सदस्य विन्देश्वर यादवलाई समेत पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।