
एजेन्सी । भारतीय अभिनेत्री दिशा पटानी निर्माता एकता कपुरको होम प्रोडक्सन फिल्म ‘केटिना’ बाट बाहिरिएकी छन् ।
दिशाले सन् २०१९ मा फिल्मका लागि हस्ताक्षर गरेकी थिइन् । फिल्मको सुटिङ कोरोनाअघि नै सुरु भएको थियो । यो फिल्मका लागि दिशाले ८ दिनको सुटिङ गरेकी थिइन् । तर कोरोना सुरु भएपछि फिल्मको काम रोकियो ।
लकडाउन पछि दिशा र निर्माताबीच केही कुरामा असहमति भयो र निर्माताले दिशाको स्थानमा अर्की अभिनेत्री राख्ने निर्णय गरिन् । एकताले यो फिल्मका लागि तारा सुतारिया र श्रद्धा कपूरसँग कुराकानी गरेको भारतीय सञ्चार माध्यामले जनाएका छन् ।
दिशाले एकतासँग विभिन्न विषयमा शर्त राखेकी थिइन् । लकडाउन खुलेपछि पनि विवाद बढ्दै गएपछि एकताले दिशाको स्थानमा अर्की अभिनेत्री राख्ने निर्णय लिइन् । ‘केटिना’ एकताको वास्तविक जीवनमा आधारित फिल्म हो । त्यही कारण यसका लागि सबै कुरा उत्कृष्ट चाहन्छिन् ।
विगत ६ वर्षयता बलिउडमा अभिनेत्री दिशा पटानीले ठूला व्यानरका फिल्ममा काम त गरिन्, तर आफूलाई पहिचान दिने खालको भूमिकामा अभिनय गर्न पाइनन् । उनको पछिल्लो फिल्म ‘राधे’ र ‘एक भिलेन रिटर्नस’ बक्सअफिसमा कमजोर साबित भयो ।
प्रतिक्रिया दिनुहोस्