
एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको जमानतको विरोध प्रवर्तन निर्देशनालय (ईडी)ले गरेको छ ।
फिल्म बाहेक आफ्नो व्यक्तिगत जीवनलाई लिएर ज्याकलिन यतिबेला चर्चामा छिन् । ठग सुकेश चन्द्रशेखरको दुई सय करोडको मुद्रा अपचलन मुद्दामा नाम जोडिएदेखि नै उनी चर्चामा छिन् । उक्त विषयमा बिहीबार पटियाला हाउस कोर्टमा सुनुवाइ भएको छ।
भारतीय सञ्चार माध्यमका अनुसार ज्याकलिनका वकिलले सुनुवाइका क्रममा प्रवर्तन निर्देशनालयले ज्याकलिनलाई दुःख दिरहेको बताएका छन् । तर, ज्याकलिनलाई सुरुदेखि नै सुकेश एक ठग हुन् भन्ने थाहा हुदाँहुदैँ पनि सुकेशसँग प्रेम सम्बन्धमा रहेको र सुकेशलाई साथ दिएको भन्दै ईडीले ज्याकलिनलाई जमानत दिने कुराको पनि विरोध गरेको छ । यसैक्रममा अदालतले पनि ज्याकलिनलाई करोडौँ रुपैयाँ कहाँ गयो भनेर सोधेको छ ।
ईडीले गत अप्रिलमा उनको ७ करोडभन्दा बढीको सम्पत्ति पनि जफत गरेको थियो । करोडौँ ठगी गरेको आरोप लागेका सुकेशबाट मूल्यवान उपहार लिएको भन्दै ज्याकलिनविरुद्ध मुद्दा दर्ता भएको थियो।
प्रतिक्रिया दिनुहोस्