
काठमाडौं । चलचित्र ‘मनसँग मन’को प्रदर्शन मिति सार्वजनिक भएको छ ।
अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको उक्त चलचित्र आगामी माघ २० गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । यसअघि कोरोनाको कारण पटक-पटक चलचित्रको प्रदर्शन प्रदर्शन मिति स्थगन भएको थियो ।
कैलाश राईको निर्देशनमा तयार भएको यो चलचित्र भारतको केहि शहरमा भने प्रदर्शन भइसकेको हो । साथै चलचित्रले भारतमा राम्रो प्रतिक्रिया पनि पाएको थियो । यस चलचित्रलाई अरुण तामाङले निर्माण गरेका हुन् ।
सौरभ इन्टरटेन्मेन्ट र बलाजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा पुष्प खड्का, वर्षा सिवाकोटी, वुद्धि तामाङ, महेन्द्र बगदास, चाँदनी प्रधान, सन्ते दाको अभिनयका साथै पल शाह र पूजा शर्मा पनि विशेष भूमिका छन् ।
लभस्टोरी जनरामा निर्माण गरिएको चलचित्रको २ वटा गीत निर्माण पक्षले सार्वजनिक गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्