१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


आयोगले सोध्यो भुवन केसीलाई स्पष्टीकरण


416
Shares

काठमाडौं । निर्वाचन आयोगले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई स्पष्टीकरण सोधेको छ ।

सरकारी संस्थामा कार्यरत व्यक्तिले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने निर्वाचन आचारसंहिता विपरित नवलपरासी क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद चौधरीको प्रचार प्रसारमा सहभागी भएको भन्दै आयोगले केसीलाई स्पष्टीकरण सोधेको हो ।

‘तपाईं चलचित्र विकास बोर्डको अध्यक्ष रहेको व्यक्तिले राजनीतिक दलका उम्मेदवारको प्रचार प्रसार गर्नुभएको होईन भन्ने प्रमाण के छ ? तपाईँ राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसारमा सहभागी हुनु भएको कार्य निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) र (ख) को विपरीत देखिएकाले तपाईँलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम कारबाही किन हुनु नपर्ने हो ?,’ आयोगले अध्यक्ष केसीसँग स्पष्टीकरण मागेको छ ।

बुधवार नवलपरासीमा भएको चौधरीको चुनावी सभामा केसी सहभागी भएका थिए ।