१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उपाधिका लागि आज आर्मीले एपीएफ क्लबको सामना गर्दै


286
Shares

काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा फाइनल खेल आज शनिबार हुँदैछ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबबीच बिहान ९ बजे प्रतिस्पर्धा हुनेछ ।

दुबै टोली उपाधि जित्ने योजनासहित मैदान उत्रने छन् ।

मधेश प्रदेशलाई हराएर एपीएफ तथा नेपाल पुलिस क्लबलाई हराएर आर्मी फाइनलमा पुगेका हुन् ।

प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद पुरस्कार पाउने छन् भने उपविजेताले ५ लाख पाउने छन् ।