२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


रोहित पौडेल बने नेपाली क्रिकेट टिमको कप्तान


199.459k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित कुमार पौडेल नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहितलाई कप्तान नियुक्त गरेको हो ।

ब्याट्सम्यान रोहित यस अघि नेपालको उपकप्तान रहेका थिए ।

बलात्कारको आरोप लागेपछि नियमित कप्तान सन्दीप लामिछानेलाई टिमबाट निलम्बन गरिएपछि कप्तान पद रिक्त रहेको थियो । बलात्कारको आरोपमा सन्दिप पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

नेपालले रोहितको कप्तानीमा घरेलु मैदानमा युएईसँग तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्ने छ । पहिलो एकदिवसीय नोभेम्बर १४ मा हुनेछ । यस्तै दोस्रो एकदिवसीय नोभेम्बर १६ र अन्तिम तथा तेस्रो एकदिवसीय नोभेम्बर १८ मा हुनेछ ।