२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


चिनियाँ उपविदेशमन्त्री ली नेपालमा


390
Shares

काठमाडौं । चिनियाँ उपविदेशमन्त्री ली चुन पाँच दिने नेपाल भ्रमणका लागि काठमाडौं आउनुभएको छ । राष्ट्रिय सांस्कृतिक सम्पदा प्रशासनका निर्देशकसमेत रहेका संस्कृति तथा पर्यटन उपविदेशमन्त्री ली चुन शुक्रबार राति नेपाल आउनुभएको हो ।

पाँच दिने भ्रमणका क्रममा ली ले २०७२ सालको भूकम्पपछि चिनियाँ सहयोगमा पुनर्निर्माण भइरहेका सम्पदाको निरीक्षण गर्नुहुनेछ । उहाँको भ्रमणको बारेमा नेपाल सरकारले औपचारिक रुपमा जानकारी गराएको छैन ।

२०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएका वसन्तपुर दरबार क्षेत्रलगायतका सम्पदा चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको मुखैमा भएको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । चीनमा सीपीसीको २० औं महाधिवेशनपछि बेइजिङबाट उच्च स्तरमा पहिलो भ्रमण भएको हो ।