
काठमाडाैं । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा आगामी चुनावपछि प्रधानमन्त्री बन्ने दावी गर्नुभएको छ ।
आज शनिबार काठमाडौं क्षेत्र नम्बर ४ मा भएकाे चुनावी कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । कांग्रेसको निकट भएर चुनावी प्रचारमा जुट्नुभएका अर्थविद् वाग्लेले मुलुकको प्रधानमन्त्री बन्नका लागि थापा सक्षम र तयार रहेको पनि पटक-पटक दोहोर्याउनुभएकाे हाे ।
महामन्त्री थापालाई प्रधानमन्त्री बनाउनका लागि जिताएर पठाउन समेत उहाँले स्थानीय मतदातालाई आह्वान गर्नुभयो । उहाँले थापासँग प्रधानमन्त्री बन्ने भिजन र सोही अनुसारको आफूहरु जस्ता विज्ञहरुको टिम रहेको समेत खुलासा गर्नुभयो । उहाँले महामन्त्री थापाले नयाँ पुस्ता नआई मुलुकलाई समुन्नत बनाउन सक्ने अवस्था नभएको कुरालाई सबैले मनन गरेर अघि बढनुपर्ने समेत बताउनुभयो ।
युवा पुस्ताको परिचालन गरेर मुलुकलाई समृद्ध बनाउन सकिने उहाँले बताउनुभयो । मुलुकपछि पर्नुमा राजनीति नै जिम्मेवार रहेको उल्लेख गर्दै त्यसलाई सुधार गर्दै लैजान पनि नयाँ पुस्ताले त्यसको नेतृत्व लिनुको विकल्प नरहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्