
काठमाडाैं । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब केही दिनमात्र बाँकी रहँदा काठमाडौ निर्वाचन क्षेत्र नम्बर १० का राजनीतिक दल र उम्मेदवारहरुले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।
राजनीतिक दल र उम्मेद्वारहरु आ–आफ्ना चुनावी एजेण्डा लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन् । मतदातालाई आफ्नो पक्षमा पार्न निकै कसरत गरिरहेका उम्मेदवारहरुले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् ।
नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार राजन केसीले स्थानीय आवश्यकता अनुसार यो क्षेत्रको विकास गरेकाले यसपटकपनि जित हासिल गर्ने दाबी गर्नुभयो ।
केसी यसअघिका दुवै निर्वाचनमा विजयी हुनुभएको थियो । केसीका निकटत्म प्रतिष्पर्धीको रुपमा देखिएका नेकपा एमालेका उम्मेद्वार हिमेस केसीले पनि मतदाताको परिर्वतनको चाहना र पार्टीको एजेण्डाका कारण मतदाताले आफुलाई विजयी गराउने विश्वास व्यक्त गर्नुभएको छ ।
निर्वाचन क्षेत्र नम्बर १० मा नेकपा माओवादी केन्द्रले पनि अञ्जना विसंखेलाई उम्मेद्वार बनाएको छ । यस क्षेत्रका मतदाताहरुले भने विकासप्रेमी नेतालाई मत दिने बताएका छन् ।
७६ हजार मतदाता रहेको निर्वाचन क्षेत्र नम्बर १० मा किर्तिपुर नगरपालिकाका १०, चन्द्रागिरि नगरपालिकाका १० र दक्षिणकाली नगरपालिकाका ९ वडा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्