१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सुर्खेतमा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक


169
Shares

काठमाडाैं । सुर्खेत जिल्ला प्रशासन कार्यालयले मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ ।

प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्ररुपमा बढेकोले यसलाई स्वच्छ, निष्पक्ष, र मर्यादित बनाउनका लागि मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासनले निर्वाचन मतपरिणाम घोषणा नभएसम्म सुर्खेतमा मेला, पर्व, जात्रा, महोत्सव, खेलकुद र अन्य मनोरञ्जनका क्रियाकलाप सञ्चालन नगर्न पनि आग्रह गरेको छ ।