
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र लिभरपुल विजयी हुँदा म्यान्चेस्टर सिटी र चेल्सी पराजित भएका छन् ।
शनिबार राति भएको खेलमा आर्सनलले वुल्भरह्याम्पटन वान्डरर्सलाई २–० ले हराउँदा लिभरपुलले साउथह्याम्पटनलाई ३–१ ले बराएको छ ।
प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर सिटीलाई ब्रेन्टफोर्डले २–१ ले पराजित गर्दा न्युकासल युनाइटेडले चेल्सीलाई १–० ले पराजित गरेको हो ।
यस्तै, शनिबार राति नै टोटनह्याम हट्सपरले लिड्स युनाइटेडलाई ४–३ को प्रतिस्पर्धात्मक स्कोरमा पराजित गर्दा लेस्टर सिटीले वेष्ट ह्याम युनाइटेडलाई २–० ले तथा बर्नमाउथले एभर्टनलाई ३–० ले पराजित गरेको छ । नटिङ्घम फरेष्टले क्रिष्टल प्यालेसमाथि १–० को जित निकाल्यो ।
यी खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा आर्सनलले दोस्रो स्थानको म्यान्चेस्टर सिटीसँग ५ अंकको अग्रता लिएको छ । १४ खेलबाट आर्सनलको ३७ अंक छ । समान खेलबाट म्यान सिटीको ३२ अंक छ भने १५ खेलबाट ३० अंक जोडेको न्युकासल युनाइटेड तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया दिनुहोस्