१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाटेबाघ मृत अवस्थामा फेला


975
Shares

बर्दिया । बर्दियामा पाटेबाघ मृत अवस्थामा फेला परेको छ ।

मधुवन नगरपालिका–८ स्थित गणेश शिवदुर्गा सामुदायिक बनमा वयस्क पोथी पाटेबाघ मृत भेटिएको डिभिजन वन कार्यालय बर्दियाका डिभिजन वन अधिकृत प्रविण विडारीले जानकारी दिनुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) बर्दियाका संरक्षण अधिकृत डा. रविन कडरियाका अनुसार सामुदायिक वनमा भालेसँगको लडाईमा पोथी बाघको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट बुझिन आएको छ ।

पोष्ट मार्टम र अन्य रिपोर्ट पछि मात्र घटनाको यकिन विवरण बाहिर आउने विडारीको भनाई छ ।