
काठमाडौं । अमेरिकामा हालै सम्पन्न भएकाे मध्यावधि चुनावमा तीब्र प्रतिष्पर्धाकाबीच सत्तारुढ दल डेमोक्रेटिक पार्टीले संसदको माथिल्लो सभा सिनेटमा झिनो बहुमत कायम राख्ने सम्भावना बढेको छ ।
नेभेदा राज्यको सिनेट सदस्य जितेसँगै १ सय सदस्यीय सिनेटमा सत्तारुढ डेमोक्रेटिकले ५० सिट पुर्याएको छ । विपक्षी रिपब्लिकनले ४९ सिट जितेको छ । जर्जियामा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत ल्याउन नसकेपछि त्यहाँ पुनः मतदान हुने भएको छ ।
जर्जियाको नतिजाले सिनेटमा कसकाे कब्जा हुने भन्ने निक्र्याेल गर्ने छ । तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा विपक्षी रिपब्लिकन बहुमत नजिक पुगेको छ । ४ सय ३५ सदस्यीय प्रतिनिधि सभामा रिपब्लिकनले २ सय ११ सिट जित्दा डेमोक्रेटिकले २ सय ४ सिट जितेको छ । नोभेम्बर ८ मा भएको चुनावको मत गणना अझै सकिएको छैन ।
प्रतिनिधि सभाको अझै २० सिटको नतिजा आउन बाँकी रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्