
काठमाडौं । नेपाली कथानक चलचित्र ‘पासो’को ट्रेलर सर्वजनिक भएको छ ।
आइतबार सार्वजनिक ट्रेलरमा दुई मिल्ने साथीलाई एक अपराधिक समुहले अपहरण गरेपछि उनीहरूले बाँच्नका लागि गरेको संघर्ष लाई देखाइएको छ । यो चलचित्रमा अपहरणमा परेपछि २ यूवतीले बाँच्नका लागि के के गर्छन् भनेर देखाएको छ । चलचित्रमा रिस्ता बस्नेत र सुनिशा बजगाईं मुख्य भूमिकामा रहेका छन् ।
यस चलचित्रमा रिस्ता र सुनिशासँगै रामकुमार बस्ताकोटी, प्रतीक दुलाल र प्रणव आकाशको पनि अभिनय रहेको छ । बी.आर इन्टरटेन्मेन्टको एकल ब्यानरमा निर्माण भएको चलचित्रमा वसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना, सरस्वती गुरुङ सहनिर्माताको रुपमा छन् ।
आरबी पुनको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रलाई भगवान भुजेलले निर्माण गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्