
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १ गते रातीदेखि मतगणना सम्पन्न नभएसम्मका लागि मादक पदार्थ बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको छ ।
केन्द्रीय आचारसंहिता अनुगमन समितिको आइतबार बसेको बैठकले निर्वाचन प्रचारप्रसारको मौन अवधिसँगै मादक पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाउन निर्देशन दिने निर्णय गरेको हो । मौन अवधिदेखि मतगणना सम्पन्न नभएसम्म मादक पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाउने साेही समितिको बैठकले निर्णय गरेकाे हाे ।
यदि अटेर गरेमा जफत र जरिवाना गर्न समेत गृह मन्त्रालयमार्फत आयोगले नेपाल प्रहरीलाई निर्देशन दिएको हो ।
प्रतिक्रिया दिनुहोस्