१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


देशभरकाे माैसमकाे अवस्था कस्ताे छ त ?


143
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको हल्का प्रभाव रहेको छ।

आज (सोमबार) बिहान सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार दिउँसो भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, प्रदेश-१, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै, सुदूरपश्चिम, कर्णाली प्रदेशका हिमाली भू-भाग र बाँकी प्रदेशहरुका हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।

सोमबार राति भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । साथै बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ । त्यस्तै, देशका हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।