
बारा । बारामा पनि सत्ता गठबन्धन र एमालेबीच कडा प्रतिष्प्रधा हुने भएको छ ।
प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट उमाकान्त चौधरी र एमालेबाट अच्युत मैनालीबीच कडा प्रतिष्प्रधा हुने भएको हो । दुवै नेता साख जोगाउने कसरतमा जुटेका छन् ।
निर्वाचन नजिकिँदै जाँदा हेभिवेट प्रतिष्पर्धिको रूपमा दुवै उम्मेदवार रहेका छन् ।
१ लाख १९ हजार ३ सय ७५ मतदाता रहेको यस क्षेत्रमा स्वतन्त्रसहित १७ जनाले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्