९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


देशभर ४ सय ९९ जना काेराेनाका सक्रिय संक्रमित


312
Shares

काठमाडौं । ९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमित थपिएका हुन् । १ हजार ४ सय २५ वटा नमूना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार २३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ४ सय ९९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।