
काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका सहायक डिनसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परीक्षा समितिका संयोजकसमेत रहेका सहायक डिन कमलेश डिसी र अंग्रेजी विषयका विज्ञ विनयकुमार दासविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेकाे हाे ।
अख्तियारले सोमबार उनीहरुविरुद्ध प्रश्नपत्रको गोपनीयता भङ्ग एवं परीक्षाको परिणाम फेरबदल गरेको अभियोगमा विशेष अदातलमा मुद्दा दायर गरेको हो ।
प्रतिक्रिया दिनुहोस्