
काठमाडौं । पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पाहुना टोली युएईले जित निकालेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज (सोमबार) भएको खेलमा नेपाललाई ८४ रनले हराउँदै युएईले जित निकालेको हो । युएईले दिएको २ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रनमा समेटियो ।
नेपालका लागि अर्जुन साउद र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ खेले पनि लक्ष्य पूरा हुन सकेन । अर्जुनले ५१ र दीपेन्द्रले ५४ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै, गुलशन झा १९ तथा आसिफ शेखले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । युएईका आयन अफ्जल खानले ४ विकेट लिए । बसिल हामिदले २ तथा जाहोर खान, रोहन मुस्तफा र अहमेद राजाले १÷१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६३ रन बनाएको थियो । युएईका रोहन मुस्तफाले ५३ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, मुहमद वासिम ४४, भ्रित्य अरविन्द ४०, एलिशन शराफ २९, अहमेद राजा २७, आयन हफ्जल खान २६, तथा बसिल हामिदले १४ रन जोडे ।
नेपालका गुलशन झाले २ विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १÷१ विकेट लिए । नेपाल र युएईबीच तीन खेलको सिरिज हुनेछ ।
युएई र नेपालबीचको दोस्रो खेल बुधबार तथा तेस्रो खेल शनिबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्