
काठमाडौं । सरकारले प्रतिनिधि र प्रदेश सभा निर्वाचनको दिन मंसिर ४ गते र त्यसको भोलिपल्ट सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले आज मंगलबार एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो । आम निर्वाचन २०७९ को मतदान हुने दिन २०७९ मंसिर ४ गते आइतबार र त्यसको भोलिपल्ट मंसिर ५ गते सोमबारका दिन नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरु र सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको सूचनामा उल्लेख गरिएकाे छ ।

त्यस्तै मतदान स्थल रहेका शिक्षण संस्था र विद्यालयहरुमा मंसिर २ देखि ५ गतेसम्म बिदा दिने निर्णय भएको पनि सूचनामा उल्लेख गरिएकाे छ । मंसिर ४ गते आम निर्वाचन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्