
web pic
काठमाडौं । नेपाल र युएईबिचको एक दिवसिय क्रिकेट श्रृंखलाको दोस्रो खेल आज बुधबार हुँदैछ ।
किर्तीपूर मैदानमा बिहान ९ बजे सुरू हुने खेल जित्दै नेपाल श्रृंखलामा फर्किन चाहन्छ । युएई भने लगातार दुई खेल जित्दै श्रृंखला आफ्नो पक्षमा पार्ने योजनामा रहेको छ ।
यसअघि सोमबार भएको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो । तिन खेलको एक दिवसिय श्रृंखलाको अन्तिम खेल शुक्रवार हुनेछ ।
नामिबियाविरुद्ध विश्व क्रिकेट लिग दुईको तयारीमा रहेको नेपालले अभ्यासस्वरुप युएईसँग मैत्रिपूर्ण क्रिकेट श्रृंखला खेलेको हो ।
प्रतिक्रिया दिनुहोस्