
एजेन्सी । सोमबार अदालतले भारतीय अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई २०० करोडको ठगीसँग सम्बन्धित मुद्रा अपचलन मुद्दामा जमानत दिएको छ ।
पटियाला हाउस कोर्टले ज्याकलिनलाई भारतीय २ लाख रुपैयाँको व्यक्तिगत धरौटी र सोही रकमको जमानतमा जमानत दिने आदेश दिएको थियो। अर्थात् उनले जम्मा भारु ४ लाख रुपैयाँ धरौटीमा जमानत पाएकी हुन् ।
ज्याक्लिन अदालतको आदेशमा मात्रै विदेश जान पाउनेछन् । अदालतले आगामी नोभेम्बर २४ तारिखमा ज्याकलिन विरुद्धको आरोपमा बहस गर्ने मिति तोकेको छ ।
फिल्म उद्योगमा आफ्नो पहिचान बनाएकी ज्याकलिनले आफ्नो करियर टिभी रिपोर्टरबाट सुरु गरेकी थिइन् । ३५ फिल्ममा अभिनय गरिसकेकी ज्याकलिनको कुल सम्पत्ति करिब भारु १०१ करोड रहेको छ । फिल्मबाहेक उनी व्यावसायीक जिवनमा पनि सक्रिय छन् । यससँगै उनले हालसम्म १० वटा ब्राण्डको ब्राण्ड एन्डोर्समेन्ट पनि बनिसकेकी छन् ।
ज्याकलिनलाई २०० करोडको मुद्रा अपचलन प्रकरणका ठग सुकेश चन्द्रशेखरबाट महँगो उपहार लिएको आरोप लागेको छ । सुकेशले अभिनेत्रीलाई ५० लाखको एस्पुएला नामको घोडा, नौ लाख रुपैयाँको बिरालो, हिराका गहना, गाडी घर, महंगो जुत्ता, उपहार दिएका थिए । ज्याकलिन सुकेशसँगको प्रेम सम्बन्धका कारण विवादमा थिइन् ।
प्रतिक्रिया दिनुहोस्