१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


स्याङजाका कैदीले मत हाल्न पाउने


143
Shares

स्याङजा । स्याङ्जा कारागारमा रहेका कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् ।

मंसिर ४ गते हुने निर्वाचनमा पहिलो पटक कैदीबन्दीले आफ्नो मताधिकार प्रयोग गर्न पाउने भएका हुन् । स्याङ्जामा चार महिलासहित २ सय २९ जना कैदीबन्दी रहेकोमा ४५ जनाले मतदान गर्न पाउने कारागार प्रमुख चुडामणि शर्माले जानकारी दिनुभयो ।

जिल्लाको मतदाता नामावलीमा नाम भएका १ महिला सहित ४४ पुरुषले मतदान गर्न पाउने उहाँले बताउनुभयो । उनीहरुले कारागार शाखामै रहने मतदान केन्द्रबाट समानुपातिकतर्फ मात्रै मत दिन पाउने छन् ।

स्याङ्जामा एक अस्थायी मतदान केन्द्रसहित ३ सय २१ मतदान केन्द्र छन् भने १ सय ९९ मतदान स्थल छन् ।