१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मतदाता भेटघाटमा पाएको प्रतिक्रियाले उत्साही : जीवनराम श्रेष्ठ


624
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा काठमाडौं निर्वाचन क्षेत्र नं.८ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार जीवनराम श्रेष्ठले मतदाता भेटघाटमा पाएको प्रतिक्रियाले उत्साही बनाएको बताउनुभएको छ ।

काठमाडौं– ८ स्थित अलकाबारीमा मतदाता भेटघाटमा मन्त्री श्रेष्ठले जनताले लोकतन्त्रका लागि बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्ने दावी गर्नुभयो । बाम–लोकतान्त्रिक गठबन्धनले जनताको चाहना अनुसार मुलुकमा स्थिरता, सुशासन र संवृद्धि हासिल गर्ने मन्त्री श्रेष्ठले बताउनुभयो ।

काठमाडौं क्षेत्र नं. ८ संस्कृति र संपदाको राजधानी भएको चर्चा गर्नु हुँदै उहाँले पर्यटकीय केन्द्रको रुपमा आफ्नो क्षेत्रलाई विकास गर्ने योजना रहेको बताउनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य उम्मेदवार राजुराज जोशीले संस्कृति र सम्पदाको संरक्षण र संवेदनलाई चुनावी एजेन्डा बनाएको बताउनुभयो ।

उहाँले काष्ठमण्डप निर्माणमा भएको अनियमितताबारे छानबीन हुनुपर्ने बताउनुभयो ।