५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


भक्तपुरमा आगलागी, एक जनाको मृत्यु


260
Shares

काठमाडौं । भक्तपुर भक्तपुरमा आगलागीमा परेर एक जनाको मृत्यु भएकाे छ ।

मध्यपुर ठिमी नगरपालिका वडा नं‍. ६ राइटोल नजिकै बुधबार बिहान आगलागी हुँदा १ जनाको
ज्यान गएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजु पाण्डे पुष्टि गर्नुभयाे ।

उहाँका अनुसार ज्यान गुमाउनेमा २५ वर्षकी अस्मिता केसी रहेकी छन् । उहाँले भन्नुभयाे,’आत्मराम केसी र हरिशरण केसीको ३ तल्ले कच्ची घरमा आगलागी भएको हाे।’

सुस्तमनस्थिति र प्यारालाइसिसबाट समेत ग्रस्त अस्मिता घरभित्रै जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
आगलागीमा ज्यान गुमाउने अस्मिता आत्मरामकी छोरी हुन् ।