२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


उजुरीबारे रविले दिए यस्ताे प्रष्टीकरण


1.599k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन–२ का उम्मेदवार रवि लामिछानेले नागरिकताको विषय आफूले चार वर्षअघि नै सल्टाइसकेको बताउनु भएको छ ।

अमेरिकाको नागरिक भइसके पनि नेपालको नागरिकता नत्यागेका विषयमा परेको उजुरीमा प्रष्टीकरण दिँदै उहाँले यस्तो बताउनु भएको हो । सामाजिक सञ्जाल फेसबुक लाइभमा उहाँले आफूले अमेरिकाको नागरिकता पाएपछि नेपाली नागरिकता त्यागेको वा नत्यागेकका विषयमा भने खुलाउनु भएन ।

उक्त विषयमा यसअघिका आफ्ना टेलिभिजन कार्यक्रममा बताइसकेको उल्लेख गदै उहाँले यो विषय चार वर्षअघि नै सेटल भइसकेकाे बताउनु भयाे । निर्वाचन आयोगमा परेको उक्त उजुरीलाई लिएर आफूले पत्र नपाएको बताउँदै पाएपछि स्पष्टीकरण दिने बताउनु भएको छ ।

लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको छ । उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेपछि रविको यो धारणा सार्वजनिक भएको हो ।