९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


थपिए ९ जना कोरोना संक्रमित


143
Shares

काठमाडौं । थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६ सय २० जनाको नमूना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार २४ जना कोरोनामुक्त भएका छन् ।

हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ७५ पुगेको छ ।