
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
आज (बिहिबार) बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहिबार दिउँसो भने प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, प्रदेश-१ र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ । साथै प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।
बिहिबार राति भने प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, प्रदेश-१ र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना भएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्