
काठमाडाैं । गृहमन्त्री एवं नेपाली रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवारले लुम्बिनी प्रदेशको राजधानी हचुवामा दाङ सारिएको बताउनुभएको छ ।
गृहमन्त्री खाँणले लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवल नै उपयुक्त भएको बताउनुभएको हो । चुनावी घरदैलोका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले रुपन्देही सबै जिल्ला र केन्द्रिय राजधानी तथा मुख्य शहरहरुसँग पनि सहज जोडिएकाले बुटवललाई अस्थायी राजधानी तोकिएपनि कोरोना कालमा देश लकडाउन भएको बेला बुटवलबाट दाङ सारिएकोमा रुपन्देहीका जनतामाथि अन्याय भएको बताउनुभएको हो ।
रुपन्देही पूर्वाधारका हिसाबले पनि सुगम भएकाले राजधानीका लागि उपयुक्त स्थान भएकाले बताउनुभयो । उहाँले अहिलेको जस्तो सहज समयमा राजधानी सार्न खोजेको भए निर्णय गर्न नै नसक्ने अवस्था सिर्जना हुने बताउनुभयो । गृहमन्त्री खाँणले दाङमा लुम्बिनी प्रदेशको राजधानी सार्नु उचित नभएकाले राजधानी बुटवलमा नै फिर्ता गर्न जनताको साथ र सहयोगको अपेक्षा राखेको बताउनुभयो । पूर्ववर्ती सरकारको निर्णयले रुपन्देहीका जनता रुष्ट रहेको उहाँले बताउनुभयो ।
यता नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विष्णु पौडेल पनि कांग्रेस नेता खाँणको भनाइमा सहमत हुनुहुन्छ । उहाँले आफूले लुम्बिनी प्रदेशको राजधानी बुटवलमा नै हुनुपर्ने कुरा बारम्बार भनिसकेको बताउनुभयो । चुनावी घरदैलोका क्रममा उहाँले आफ्नो निर्णय विपरित प्रदेश सभाले बुटवलबाट अन्यत्र सारेपनि केन्द्र र प्रदेशको राजधानी हुनका लागि आधारभूत आवश्यक्ताका दृष्टिकोणले सबै भन्दा उपयुक्त ठाउँ बुटवल नै रहेको बताउनुभयो । उपाध्यक्ष पौडेलले प्रदेश सभाको निर्णय उसको अधिकार भएपनि प्रदेश सभाले चाहेमा पुनः प्रदेशको राजधानी अन्यत्र सार्न सक्ने बताउनुभयो ।
उपाध्यक्ष पौडेलले रुपन्देहीका जनताले निर्माणाधीन आयोजना छिटो सम्पन्न गर्न, रुपन्देही जिल्लालाई आर्थिक विकासको केन्द्र बनाउन र शिक्षा, स्वास्थ्य, रोजगारीमा प्राथमिकता दिन माग गरेको बताउनुभयो । उहाँले जिल्लाका सुकुम्बासीका समस्याहरु चाँडै समाधान होस् भन्ने अपेक्षा रुपन्देहीका जनताले लिएको बताउनुभयो ।
उहाँले निर्वाचनपछि नेकपा एमालेको बहुमतको सरकार बन्ने दावी गर्नुभयो
प्रतिक्रिया दिनुहोस्