
एजेन्सी । चर्चीत पञ्जाबी अभिनेत्री दलजीत कौरको बिहीबार निधन भएको छ ।
लामो समयदेखि दलजीत मानसिक रोगले पिडित थिइन् । दलजीतको श्रीमान हरमिंदर सिंह देओलको सडक दुर्घटनामा मृत्यु भएपछि उनले फिल्ममा काम गर्न छाडेकी थिइन् । यसपछि उनी बिरामी पर्न थालिन् । लुधियानाको गुरुसर सुधार शहरमा भाइ हरजिन्दर सिंह खनगुडाको घरमा बस्दै आएकी उनको सोहि घरमा निधन भएको हो ।
भारतीय सञ्चार माध्यमका अनुसार दलजीतले दिल्लीको लेडी श्रीराम कलेजबाट स्नातक गरेपछि कला क्षेत्रमा प्रवेशका लागि नेशनल स्कूल अफ फिल्म एन्ड ड्रामा पुणेबाट डिप्लोमा गरेकी थिइन्। यसपछि सन् १९७६ मा उनको पहिलो फिल्म ‘दाज’ रिलिज भयो । दलजीत कौरले १० भन्दा बढी हिन्दी र ७० भन्दा बढी पञ्जाबी फिल्ममा काम गरेकी थिइन् ।
दलजीतको कुनै सन्तान भने छैनन् । सन् २००१ मा, उनी फिल्मी संसारमा पुन प्रवेश गरिन् र उनको उमेर अनुसार आमा र अन्य भूमिकाहरूमा देखा परेकी थिइन् । दलजीत एक अभिनेत्रीसँगै कबड्डी र हक्कीको एक राष्ट्रिय खेलाडी पनि हुन् । उनको जन्म सन् १९५३ मा पश्चिम बंगाल, सिलगुड़ीमा भएको थियो।
गम्भीर मानसिक रोगले पिडित भएपछि उनले आफ्नो अघिल्लो जीवन सबै बिर्सिसकेकी थिइन् । १२ वर्षदेखि भाइको घरमा बस्दै आएकी उनको निधन ६९ वर्षको उमेरमा भएको हो ।
प्रतिक्रिया दिनुहोस्