
काठमाडाैं । म्यानमारको सेनाले केही विदेशीसहित ६ हजार कैदीबन्दीलाई रिहा गरेको छ ।
रिहा भएका मध्य पूर्व बेलायती राजदूत विकी बोमनसहित जापानी पत्रकार, प्रजातन्त्रबादी नेतृ आङ सान सुकीको अपदस्थ सरकारका अष्ट्रेलियाका सल्लाहकार समेत रहेका छन् ।
सन् २००२ देखि २००६ सम्म राजदूत रहेकी बोमनलाई अगस्टमा श्रीमानसहित हिरासतमा राखिएको थियो । उनी विदेशी नागरिक दर्ता कागजातमा रहेको ठेगाना भन्दा फरक ठेगानामा बस्दै आएको आरोपमा पक्राउ गरिएको थियो ।
बोमनलाई पतिसँगै प्रारम्भिक हिरासतमा राखेर जेल पठाइएको थियो । म्यानमार सेनाको यो कदमको बिश्व जगतले स्वागत गरेको छ । म्यानमारमा सेनाको ज्यादतीका कारण देशमा टिक्न नसकेका लाखौ नागरिक छिमेकी मुलुक र बंगलादेशमा शरण लिन पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्