
एजेन्सी । मधुर भण्डारकरकाे निर्देशनमा बनेकाे फिल्म ‘इंडिया लकडाउन’को ट्रेलर सार्वजनिक भएको छ ।
यो फिल्म कोरोना भाइरसका कारण देशव्यापी भएकाे लकडाउनमा आधारित छ । जसका कारण यस फिल्ममा सर्वसाधारणको जनजीवन निकै प्रभावित भएको कथा समेटिएकाे छ ।
२ मिनेट २३ सेकेण्ड लामो ‘इंन्डिया लकडाउन’ को ट्रेलरमा कोरोनाको समयमा जनताको जीवनमा आएको परिर्वतनलाई देखाइएको छ । कोरोना महामारीका कारण सिंगो देश ठप्प भएको छ ।
यो पीडालाई भण्डारकरले आफ्नो फिल्ममा निकै नजिकबाट देखाएका छन् । यस फिल्ममा प्रतिक बब्बर, श्वेता बासु प्रसाद, साई ताम्हणकर, आहाना कुमार, प्रकाश बेलवेदी जस्ता कलाकारहरुको अभिनय रहेकाे छ ।
फिल्म अर्को महिना अर्थात् २ डिसेम्बर २०२२ मा ओटीटी प्लेटफर्ममार्फत रिलिज हुँदैछ।
प्रतिक्रिया दिनुहोस्